९ चैत्रदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द, अन्तर्राष्ट्रिय उडान पनि स्थगित



०७ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)का संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द गर्ने भएको छ।

नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी ९ चैत्रदेखि २१ चैत्रसम्मको लागि बन्द गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) साँझ देशवासीको नाममा सम्बोधन गर्दै जानकारी गराए।

यस्तै प्रधानमन्त्री ओलीले यो अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सरकार प्रयत्नशील रहेको पनि बताए।

यस्तै आगामी ९ चैत्रदेखि १८ चैत्रसम्मको लागि अन्तर्राष्ट्रिय उडान समेत स्थगित गरिएको प्रधानमन्त्री ओलीले जानकारी गराए।

तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओली देशवासीको नाममा सम्बोधन गर्दै। सौजन्य : नेपाल टेलिभिजन।

प्रतिक्रिया दिनुहोस्