०८ चैत्र २०७६, काठमाडौँ
केहीदिन यता बलिउडमा रणवीर कपुर र आलिया भट्टको ब्रेकअपको चर्चा चलिरहेको छ । केहीदिन अघिमात्र आलियाले आफ्नो जन्मदिन मनाइन् । उक्त पार्टीमा रणवीर भने उपस्थित थिएनन् । सोही कारणले यी दुईबिच ब्रेकअप भएको हल्ला चलेको हो ।
तर प्राप्त जानकारी अनुसार रणवीर केही कामले बाहिर गएकाले आलियाको जन्मदिनमा उपस्थित हुन नसकेका हुन् । तर उनले आलियालाई जन्मदिनको विशेष उपहार दिएको भारतीय मिडियाले जनाएको छ ।
रणवीर र आलिया केहीसमय देखि एकअर्काको प्रेममा छन् । यी दुईलाई बलिउडका क्युट कपलको रुपमा हेरिन्छ । आलियाले हालै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी छिन् र उक्त तस्बिर रणवीरले खिचिदिएको बताएकी छिन् । यसको मतलब उनीहरुको सम्बन्धमा कुनै दरार नआएको बुझ्न सकिन्छ । जे होस रणवीर र आलियाको ब्रेकअपको हल्ला बजार भने राम्रैसँग तताएको छ ।