कोरोना संक्रमित छैनन्, अफवाह फैलाउनेलाई कारबाही गरियोस्-नर्भिक अस्पताल



०८ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)का बिरामी भेटिएको भनेर सामाजिक सञ्‍जालमा सामग्री शेअर् भइरहेको बेला नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमण नभेटिएको बताएको छ।

अस्पतालले शनिबार (आज) विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण भेटिएको भन्ने सामग्री भ्रामक रहेको बताएको हो।

“यसखाले अपराधपूर्ण अफवाहको हामी कडा निन्दा गर्दछौं। हालसम्म नर्भिकमा कोभिड १९ का कुनै पनि बरामी पत्ता लागेका छैनन्। यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्दछ।” विज्ञप्तिमा भनिएको छ।

यस्तै अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले अफवाह फैलाउनु अपराधपूर्ण भएको भन्दै कानूनी कारबाही गर्न मागसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्