‘सरकारले घरमै बस्नु भनेको हो, गाउँ जानु भनेको होइन’ : सरोकारवाला



०८ चैत २०७६, काठमाडौं

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ्गले सिंहदरबारमा आयोजना गरेको कोरोना बारेको सचेतना छलफलमा सरोकारवालाहरुले सरकारले भिडभाडमा नगई घरैमा बस्न गरेको आग्रह आम नागरिकले गलत ढङ्गले बुझेको बताएका छन् ।

ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, हिसान, प्याब्सन, एनप्याब्सन लगायतका पदाधिकारीको छलफलमा सरकारलाई आवश्यक परे नीजि विद्यालयहरुले आवश्यक परे सर्वसाधारणलाई आवतजावत गर्न गाडी उपलब्ध गराउने बताएका छन् ।

यसअघि हिसानले आवश्यक परे संचालनमा रहेका उच्च माविहरुलाई क्वारेन्टाइन क्षेत्र बनाउन सरकारलाई सघाउने बताईसकेका थिए ।

छलफलमा मरिमराउ, बिरामी वा आपतकालीन अवस्थाका नागरिकलाई ट्राफिक प्रहरी मार्फत पासको व्यवस्था गरी जुनसुकै समयमा पनि आवतजावत गराउने व्यवस्था मिलाउन उच्चस्तरीय समितिलाई सुझाव दिने बताएका थिए ।

छलफलमा कोरोना नियन्त्रण सम्बन्धीको उच्च स्तरीय आयोगले लामो दुरीका सार्वजनिक यातायात रोक्ने बताएपनि आवश्यक जानकारीको अभावले आम नागरिकहरु अलमलमा देखिन्छन् । तर उच्च स्तरीय आयोगले उपत्यका बाहिर र भित्रलाई ‘लक्ड डाउन’ गर्न खोजिएको बुझ्नुपर्छ ।

कोरोना संक्रमणको उच्च जोखिममा नेपाल नरहेको बताउँदै भिडभाडयुक्त ठाउँमा जानु र स्वास्थ्य संस्थाको उपयुक्त पहुँच नभएको गाउँमा जानु काठमाडौं उपत्यका बस्नुभन्दा खतरा रहेको सरोकारवालाहरुले बताएका छन् ।

सरोकारवालाहरुले अन्तर्राष्ट्रिय उडान बन्द गर्न र भारतबाट आईरहेका नेपालीहरु मार्फत संक्रमण भित्रिने देखिएकोले त्यसलाई रोक्न सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

छलफलपछि मन्त्रालयद्वारा जारी प्रेस नोट :

प्रतिक्रिया दिनुहोस्