चीन, रुस र इरानको गलत सूचनाले कोरोना फैलियो : अमेरिका



०८ चैत्र २०७६, काठमाडौं

अमेरिकाले कोभिड १९ (कोरोना भाइरस)बारे चीन, रुस र इरानले सही जानकारी नदिएको कारण महामारी फैलिएको बताएको छ।

मेरिकी विदेशमन्त्री माइक पोम्पियोले तीन देशले कोरोनाको बारेमा गलत प्रचार गरिरहेको आरोप पनि लगाएका छन्।

“कोरोना भाइरसबारे सही जानकारी दिएको भए महामारी फैलनबाट रोक्न सकिने थियो।” शुक्रबार (आज) ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री माइकले भने, ‘कोरोनालाई लिएर गलत तरिकाले प्रचार भइरहेको छ। यसको बारेमा कसैलाई जानकारी छ भने त्यसबारे राम्रोसँग परीक्षण गर्नुपर्छ। सबैतिर गलत सूचनाको प्रवाह भइरहेको छ।’

यस्तै उनले अहिले सामाजिक सञ्जालमा यसबारेको भ्रामक समाचारहरु आइरहेको पनि बताए।एजेन्सी

तस्वीरमा अमेरिकी विदेशमन्त्री माइक। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्