०८ चैत्र २०७६, काठमाडौं
पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले काठमाडौं उपत्यकाबाट घर फर्किन चाहने नगरवासीहरुको लागि निःशुल्क गाडीको व्यवस्था गरेका छन्।
कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिम बढेपछि मेयर थापाले नगरवासीहरुलाई घर फर्किन सहज होस् भनी निःशुल्क गाडीको व्यवस्था गरेका हुन्।
“हामीले चैत्र १० गतेको लागि नगरवासीहरुलाई निःशुल्क गाडीको व्यवस्था गरेका छौं।” नगरपालिकाका मेयर थापाले परिवर्तन खबरसँग भने, ‘भोलि ४ बजेसम्म नाम लेखाउने काम हुन्छ। त्यसपछि पर्सि (१० गते) बिहान उनीहरु गाडीमा चढेर आ–आफ्नो घर फर्किनेछन्।’
यस्तै घर फर्किन चाहनेले ९८४७४५५६११ र ९८६०१६९३२५ मा फोन गर्न सकिने पनि मेयर थापाले बताए।
तस्वीरमा नगरपालिकाका मेयर रमण बहादुर थापा। फाइल तस्वीर।