०८ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)रोकथामका लागि नेपाली सेनाले हेलिकोप्टरबाट औषधि छर्ने कुनै योजना नभएको जनाएको छ।
विभिन्न सामाजिक सञ्जालहरुमा नेपाली सेनाले हेलिकोप्टरबाट कोरोनाविरुद्धको औषधि छर्ने भनी अफवाह फैलाइएपछि सेनाले शनिबार (आज) विज्ञप्ति निकाली यससम्बन्धी जानकारी दिएको हो।
“नेपाली सेनाले हेलिकोप्टर प्रयोग गरी किटनासक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ।” विज्ञप्तिमा भनिएको छ।
यस्तै सेनाले संवेदनशील घडीमा भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न समेत अनुरोध गरेको छ।
फाइल तस्वीर।