०८ चैत्र २०७६, काठमाडौं
साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्नो होटल ‘क्वारेन्टाइन’ बनाउन दिने प्रतिवद्धता जनाएका छन्।
होटल व्यवसायी महासंघको अगुवाइमा शनिबार (आज) भएको बैठकले कोभिड १९ (कोरोना भाइरस)को नियन्त्रणका लागि आवश्यक परे उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने घोषणा गरेको हो।
उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर ‘क्वारेन्टाइन’ सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको महासंघका अध्यक्ष हिराध्वज शाहले बताए।
“सररकारले स्वास्थ्यकर्मी र सुरक्षाको विशेष प्रबन्ध मिलाए हामी निःशुल्क आफ्ना होटलहरु ‘क्वारेन्टाइन’ बनाउन दिन तयार छौं।” शाहले भने।
फाइल तस्वीर।