बहराइनमा ३ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण



०९ चैत्र २०७६, काठमाडौं

बहराइनमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । बहराइनमा अहिलेसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमा तीन जना नेपाली रहेका छन् ।

बहराइनस्थित नेपाली दूतावासले तीन जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको जनाएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ ।

दूतावासका अनुसार उनीहरु कार्यरत कम्पनीमा रहेका अन्य कामदारलाई पनि निगरानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्