पटनामा भर्ना भएका नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन : अस्पताल



०९ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि नभइसकेको पटना मेडिकल कलेज, बिहारले जानकारी दिएको छ ।

उनको उपचार जारी रहेको, केही रिपोर्ट आउन अझै बाँकी भएको र उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने अस्पताल ले जानकारी दिएको छ ।

भारतीय टेलिभिजन च्यानलहरुले भने उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्