नेपालमा पनि जनता कर्फ्यु लगाउने तयारीबारे मन्त्रिपरिषदमा छलफल



१० चैत्र २०७६, काठमाडौं

कोरोना भाइरसका कारण सरकारले भारत तथा चीनको नाका सात दिनका लागि बन्द गरेको छ । नेपाल कोरोना भाइरसका कारण उच्च जोखिममा रहेको हुनाले भारत तथा चीनबाट कोरोना भाइरस नेपालमा नआवोस भनेर नै नाकाबन्दी गरेको बताइएको छ ।

हिजो साँझ बसेको मन्त्रीपरिषद्को बैठकले जनता कफ्र्यूको लगाउने विषयमा पनि छलफल भएको बताइएको छ । जनता कफ्र्यू लगाउनका लागि नै भारत र चीनको सीमा नाकाबन्दीको अभ्यास गरिएको हो ।

नाकाबन्दीबाट जोखिमलाई नियन्त्रण गर्दै पछि जनता कफ्र्यु लगाउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्