विश्वभर २४ घण्टा भित्र १६ सयले ज्यान गुमाए, यो संगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ (अपडेट सहित)



१० चैत्र २०७६, काठमाडौं

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ भने ५९ हजार १३८ जना सङ्क्रमित छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्