अझै पनि इटालीमा नै उच्च मृत्युदर, एकैदिन ६५१ जनाको मृत्यु, ५४ सय बढी संक्रमित



१० चैत्र २०७६, काठमाडौं

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । ५९ हजार १३८ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ७ हजार २४ जना उपचारपछि निको भएका छन् भने ४६ हजार ६ सय ३८ जना उपचाररत छन् । जसमध्ये ३ हजार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

हाल कोरोनाको प्रभाव विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्