०९ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)को उपचारमा कुनै भ्याक्सिन नबनिसकेको यो अवस्थालाई यथास्थितिमा राख्नु नै उत्तम हुने कतिपय विज्ञहरुले सझाएका छन्।
यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले केही सुझाव दिएको छ।
डब्ल्यूएचओका प्रमुख डा. अधानोम टेड्रोसले दिएका ५ उपाय यस्ता छन्।
५ सुझाव
१, स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य गर्न सहयोग गर्दछ।
२, मदिराजन्य पदार्थको सेवनलाई सीमित राख्नुहोस्। गुलिया पेय पदार्थहरु नलिनुहोस्।
३, धुमपान नगर्नुहोस्। यदि तपाईँ कोरोनाबाट संक्रमित हुनु भयो भने धुमपानले गम्भीर रोगको जोखिम बढाउछ।
४, शारीरिक व्यायम गर्नुहोस्। विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ वयस्कहरुले दैनिक कम्तीमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस्। यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनुहोस, सवारीमा समेत जानुहोस तर अरुसँगको दूरी कायम राख्नुहोस्। यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस्।