१० बजेदेखि नाका बन्द हुने भएपछि बिहानै नेपाल भित्रिनेको ओइरो



१० चैत्र २०७६, काठमाडौं

सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि वीरगञ्जस्थित नेपाल–भारत सीमा नाकामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौँको सङ्ख्यामा भारतबाट नेपालीहरु फर्किएका हुन् ।

१० बजेदेखि नाका पूर्ण रुपमा बन्द हुने भए पनि बिहानै नेपालतर्फ आएकाहरुलाई समेत आवश्यक स्वास्थ्य परीक्षण गरी भित्रिन दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी जानकारी दिए । भित्रिएका सबैको परिचयसहितको रेकर्ड राखिएको पनि उनले बताए ।

भारतीय नागरिकलाई भने नेपाल प्रवेशमा रोक लगाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्