०९ चैत्र २०७६, काठमाडौं
कोलम्बियामा कारागारभित्र कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिएको हल्लापछि त्रासका कारण भागदौड मच्चिँदा २३ जनाको मृत्यु भएको छ।
भागदौडकै क्रममा ८० जना भन्दा बढी कैदी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
देशका अन्य भागमा रहेका कयौं कारागारबाट समेत उही प्रकृतिका घटनाहरु घटिरहेको बीबीसीले जनाएको छ।
देशकै सबैभन्दा ठूलो ला मोडेलो कारागारामा रहेका कैदीबीच भागदौड मच्चिँदा ठुलो संख्यामा कैदीले ज्यान गुमाउनुपरेको बताइएकोक छ।
स्थितिलाई नियन्त्रणमा लिन खोज्दा कारागारका सात सुरक्षाकर्मीसमेत घाइते भएका छन्।
त्यहाँको सरकारले भने हालसम्म कुनैपनि कैदीबन्दीमा भाइरसको संक्रमण नदेखिएको दावी गर्दै आएको छ।एजेन्सी
तस्वीरमा कैदीबन्दीहरु भागदौड। श्रोतः रोयटर्स।