धुर्मस–सुन्तली पनि ‘सेल्फ क्वारेन्टाइन’ मा



१० चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरस का कारण सामाजिक अभियान्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । धुर्मुस र सुन्तलीले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफूहरु सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् ।

सरकारले घरमै बस्न आग्रह गरेकाले केही समयसम्मका लागि क्वारेन्टाइनमा बसेको उनीहरुले बताएका छन् । उनीहरुसँगै कलाकार कुमार कट्टेल पनि सेल्फ क्वारेन्टाइनमा रहेका छन् ।

कोरोना भाइरसको सन्त्रासका कारण धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्