‘दैनिकीमा परिवर्तन आएको छ, घरमै बसेको छु’ : राजेश हमाल



१० चैत्र २०७६, काठमाडौँ

यतिबेला नेपाली चलचित्र जगतका सेलिब्रेटिहरुले कोरोनाबाट सावधान हुनका लागि आह्वान गरिरहेका छन् । यस्तै महानायक राजेश हमालले पनि यतिबेला निकै सावधान रहनको लागि जनतालाई आग्रह गरेका छन् ।

कोरोना भाइरस का कारण अहिलेसम्म नेपालमा कसैको पनि निधन भएको छैन । तर यसको नराम्रो प्रभाव भने सबैमा परेको छ ।

अभिनेता हमालले सामाजिक सञ्जालमार्फत सबैलाई सचेत रहन र वातावरणको संरक्षण गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

‘म आफैले पनि आफ्नो दैनिकीमा परिवर्तन ल्याएको छ, घरमै बसिरहेको छु, धेरै भीड हुने कार्यक्रममा गइरहेको छैन,’ हमाल भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्