काठमाडौंमा भेटिए ‘कोरोना’ संक्रमित व्यक्ति



०९ चैत्र २०७६ काठमाडौं

राजधानी काठमाडौंमा कोभिड १९ (कोरोना भाइरस) संक्रमित व्यक्ति फेला परेका छन्।

सोमबार (आज) स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन्।

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएका ती १९ वर्षीया नेपालीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनायो।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्