बेलायतबाट ‘कोरोना’सँग लडिरहेकी नेपालीको सन्देश : ‘संक्रमण निकै पीडादायक छ, सावधानी अपनाउनुस्’



०९ चैत्र २०७६, काठमाडौं

बेलायतमा रहेकी कोभिड १९ (कोरोना भाइरस) संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने कुनै छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन्।

लमजुङ स्थायी घर भइ हाल लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेकी पनि उल्लेख गरेकी छिन्।

तर छिट्टै निको हुने सम्भावना नदेखिएको भन्दै सम्पूर्ण नेपालीहरुलाई सावधानी अपनाउन आग्रह गरेकी छिन्।

“संक्रमणको पीडादायी अनुभव सामाजिक सञ्जाल फेसबूकमा राख्ने सोच थिएन। तर कतै आफन्त र साथीभाइलाई संक्रमणले थप भयावह बनाउन सक्ने डरले सावधानी अपनाउन आग्रह गरेकी हुँ।” रानाभाटले भनेकी छिन्।

तस्वीरमा भगवती रानाभाट। श्रोतः रानाभाटको फेसबूक।

प्रतिक्रिया दिनुहोस्