०९ चैत्र २०७६, काठमाडौं
प्रदेश नं. ५ सरकारले १० करोड रुपैयाँको ‘कोरोना भाइरस नियन्त्रण कोष’ बनाउने भएको छ।
सोमबार (आज) बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त कोष बनाउने निर्णय गरेको हो।
कोषमा मुख्यमन्त्रीसहितका ६ मन्त्रीहरुले समेत एक महिनाको तलब जम्मा बताइएको छ।
मन्त्रिपरिषद्को बैठकले हरेक आइसोलेसन अस्पताल निर्माणका लागि निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्य सचिव कार्यरत रहेको कार्यालयमा नियमानुसार खर्च गर्ने गरी एक करोड रुपैंयाका दरले उपलब्ध गराउने निर्णय गरेको छ।
यस्तै कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहने गरी व्यवस्थापन समिति गठन गरेको छ।
तस्वीरमा प्रदेश नंं ५ को मुख्यमन्त्री कर्यालय। फाइल तस्वीर।