०९ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)को सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न विराटनगर महानगरपालिकाले मंगलबार (भोलि)देखि अनिश्चितकालका लागि ‘लकडाउन्’ गर्ने निर्णय गरेको छ।
उद्योगी, व्यवसायी, नागरिक समाजलगायत सम्बन्धित सरोकारवालासँगको छलफलपछि महानगर कार्यपालिकाले यस्तो निर्णय गरेको हो।
कोरोनाको सम्भावित संक्रमण फैलिन नदिनका लागि महानगरस्थित संघ, संस्था, उद्योगी, व्यवसायी, नागरिक समाजसँगको छलफलपछि कार्यपालिकाको निर्णयले ‘लकडाउन्’ गर्ने निर्णय गरेको महानगरकी उपप्रमुख इन्दिरा कार्कीले बताइन्।
“कोरोना भाइरस आफै लाग्दैन। त्यो बाहिरबाट मात्रै आउने भएकाले सर्वसाधारणले अत्यावश्यक काम बाहेकको अवस्थामा घर बाहिर निस्किन नपाउने गरी लकडाउन् गरेका छौं।” उपप्रमुख कार्कीले भनिन्।
त्यहाँ कोरोनाको महामारी फैलिन नदिनका लागि संकटको बेलामा गरिएको ‘लकडाउन्’ सर्वसाधारणको सुरक्षाका लागि भएको उपप्रमुख कार्कीको भनाइ थियो।
तस्वीरमा विराटनगर महानगरपालिका कार्यालय। फाइल तस्वीर।