१० चैत २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० ले वडाका विभिन्न ठाउँमा कोरोना भाईरसविरुद्धको किटनाशक औषधी (स्यानिटाइजर) छर्किएको छ ।
बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईका अनुसार कोभिड–१९ रोकथामका लागि वडा भित्रका घनाबस्तीहरुमा स्यानीटाइजर छर्किएको र यो अभियानले निरन्तरता पाउने जानकारी गराएका छन् ।
वडा कार्यालयले भाईरस नियन्त्रणमा स्थानीय जनतालाई सशक्तिकरण गर्न भोलि वडा कार्यालयमा स्यानिटाईजर बनाउने तालिम समेत संचालन गर्ने भएको छ ।