बाँकेमा मंगलबारदेखि ‘जनता कर्फ्यु’



०९ चैत्र २०७६, काठमाडौं

बाँकेमा मंगलबार(भोलि)देखि जनता कर्फ्यु लगाइने भएको छ।

गत आइतबारदेखि पूर्ण रुपमा बन्द गरिएको भएपनि स्थानीयले अटेरी गरेपछि भोलिबाट बाँकेमा जनता कर्फ्यु लगाइने भएको हो।

सोमबार (आज) पत्रकार सम्मलेनमार्फत् बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोनाको संक्रमण फैलन सक्ने भएकाले मानिसको चहलपहललाई न्यून गर्न भोलिदेखि जनता कर्फ्यु लगाइने बताए।

उनले यसक्रममा सबैलाई आ–अफ्नो घरमा बस्नसमेत अनुरोध गरे। चारैतिर कोरोनाको सक्रमण फैलिन नदिन यस्तो गर्न लागिएको उनको भनाइ छ।

आज मात्रै बाँकेको सीमा क्षेत्र जमुनाहाबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरु क्वारेन्टाइनबाट भागेपछि प्रशासनले कडाइ गर्न लागिएको हो।

आइतबार राति जमुनाहा आइपुगेका करिब साढे पाँच सय बढीलाई सोमबार बिहान उद्धार गरी नेपालगञ्जस्थित महेद्र बहुमुखि क्याम्पसमा राखिएको थियो।

विस्तारै घर पठाउने तयारी समेत गरिएको थियो। सोही क्रममा क्याम्पसमा राखिएका अधिकांश व्यक्ति भागेका छन्।

तस्वीरमा बाँके। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्