११ चैत्र २०७६, काठमाडौँ
कोरोना भाइरसको त्रास नेपालमा पनि बढेसँगै सरकारले यसको रोकथामको लागि कोष खडा गरेको छ । उक्त कोषमा लोकगायक प्रकाश सपूतले पनि २ लाख रुपैयाँ हालेका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रकाशले उक्त रकम सरकारलाई हस्तान्तरण गरेको बताएका छन् । हाल गायक सपूत परिवारसहित आफ्नो गृहजिल्ला बाग्लुङ मा छन् ।
प्रकाशले सरकारसम्म पुर्याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोष स्थापना गरेको छ ।