‘नेपालको प्रयोगशालाको परीक्षण चित्तबुझ्दो छ’-डब्ल्यूएचओ



११ चैत्र २०७६, काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोभिड १९ [कोरोना भाइरस]को परीक्षण विश्वसनीय भएको प्रतिक्रिया दिएको छ।

डब्ल्यूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न १३ मार्चदेखि २१ सम्म ‘माइक्रोबायोलोजिस्ट’ डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो।

सोमबार (हिजो) डब्ल्यूएचओले केही सुधारको सिफारिससहित डाक्टर जोनाथनले तया पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ।

प्रतिवेदनमा प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको भएको उल्लेख गरेको छ। साथै ल्याब उपकरण र खटिएको जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको बताउँदै परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएको छ।

परीक्षणका सबै प्रक्रिया गुणस्तरीय भएको उल्लेख गर्दै उसले जनस्वास्थ्य प्रयोगशालाले रिपोर्टहरु तथ्यगत हिसाबले विश्लेषण गरेको पनि डब्ल्यूएचओले जनाएको छ।

तस्वीरमा डब्ल्यूएचओको लागो। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्