सीमा-नाका बन्द भएपछि सयौं नेपाली भारतीय शहर वनबासामा अलपत्र



११ चैत्र २०७६, काठमाडौं

भारतबाट नेपाल फर्किरहेका सुदूरपश्चिमका सयौं नेपाली शहर वनबासामा अलपत्र परेका छन्।

कञ्चनपुरमा बिहानैबाट ‘लकडाउन्’ लागू भएपछि उनीहरुले नेपाल प्रवेश गर्न नपाएका हुन्।

नेपाल प्रवेश गर्न नपाउँदा साना बालबालिका, महिला र वृद्धावृद्धा झन् समस्यामा परेका छन्।

उनीहरु नेपाल प्रवेश गर्ने आशमा सीमा क्षेत्रमा पर्खेर बसिरहेका छन्।

सोमबार (हिजो) गड्डाचौकी नाकामा रोकिएका सयौं नेपालीलाई साँझ स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न दिएको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज भारतमा पनि ३० राज्यका पाँच सय ४८ जिल्ला लकडाउन छ।

यसैबीच, कैलालीको गौरीफन्टा नाकामा तनाव सिर्जना भएको छ।

सीमा नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरालाई तोड्दै नेपाल प्रवेश गर्न खोजेपछि विहानैदेखि सीमा नाकामा तनाव सिर्जना भएको हो।

गौरीफन्टास्थित मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ।

तस्वीरमा भारतबा आउँदै गरेका नेपाली। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्