जथाभावी सडकमा हिँड्ने दश जना प्रहरी नियन्त्रणमा



११ चैत्र २०७६, काठमाडौं

सरकारले घरबाहिर जथाभावी ननिस्कन गरेको आग्रहलाई उल्लघंन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले दश जनालाई पक्राउ गरेको छ।

चितवनको विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि उपस्थित गराउने प्रहरीले जानकारी दिएको छ।

“उल्लघंन सडकमा हिँड्नेलाई नियन्त्रणमा लिएका छौं। दश जनालाई विभिन्न ठाउँमा पक्राउ गरिएको छ।” चितवनका एसपी नान्तीराज गुरुङले भने, ‘थप पक्राउ हुँदै छन्।’ पक्राउ परेकाहरुलाई आवश्यक कारबाही गरिने उनको भनाइ छ।

सरकारले मंगलबार (आज) बिहान ६ बजेदेखि ‘लकडाउन्’भएसँगै जथाभावी बाहिर ननिस्कन भनेको थियो।

तस्वीरमा ‘लकडाउन्’को काठमाडौं। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्