एउटा अधम इतिहास-‘१ को मृत्यु रहर, १४९ को मृत्यु कहर’



१० चैत्र २०७६, काठमाडौं

सन् २०१५ मा आजकै दिन जर्मन एयरलाईनरको विमान फ्रान्सको उच्च पहाडमा विमान ठोक्किँदा १ सय ४९ यात्रुको मृत्यु भयो। उक्त विमानका सह–पाइलटले आत्महत्या गर्ने मनसायसहित विमान ठोक्याएको अनुसन्धानकर्ताले बताउँदै आएका छन्।

दुर्घटनामा परेको ‘जर्मन विङ्स फ्लाइट९५२५’ जहाज स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसलडोर्फ जाँदै थियो। स्थानीय समयानुसार झन्डै १० बजेतिर उक्त फ्लाइटले बार्सिलोनाबाट टेकअफ लिएको थियो।

त्यसपश्चात् १० बजेर २७ मिनेट जाँदा उक्त विमान ३८ हजार फिट उचाईमा उडिरहेको थियो। त्यसलगत्तै, ३४ वर्षीय क्याप्टेन प्याट्रिक सोन्डेनहेइमेरले को–पाइलट २७ वर्षीय आन्द्रेस लुबिज्चलाई जहाज उठाउने जिम्मेवारी दिएर कटपीट छाडे। सम्भवतः उनी ट्वाइलेट गएका थिए।

१० बजेर ३१ मिनेट जाँदा प्लेनको स्पिड निकै बढिरहेको थियो र १० मिनेपछि दक्षिणी फ्रान्सको प्राड्स हउटे ब्लिवान बस्ती नजिकको पहाडी जमिनमा यो दुर्घटनामा पर्‍यो।

दुर्घटनामा कोही पनि बाँचेनन्। सो विमानमा दुई पाइलट, चारजना क्याविनका कर्मचारी र १८ देशका १ सय ४४ यात्रु सवार थिए। अनुसन्धानकर्ताहरुका अनुसार क्याप्टेनले एकपटक ककपिट छाडेर हिंँडेपछि सायद, लुब्टिज्चले उनलाई फर्कनका लागि ढोका खोलिदिएनन्।

त्यो खबत प्लेकको ब्ल्याक बक्सका रेकर्ड क्याप्टेन सोन्डेनहेइमर चिच्याएको आवाज सुनिन्थे। उनले आफ्ना को–पाइलटलाई ढोका खोल्न भनेका हुनसक्छन् र आफैं ढोका फोड्ने प्रयास पनि गरेका हुनसक्छन्।

फ्लाइट डाटा रेकर्डरले देखाएअनुसार त्यसअघि सोही दिनको अघिल्लो उडानमा लुविट्ज्चले आत्महत्याको प्रयास गरेका थिए। अनुसन्धानकर्ताहरुका अनुसार लुबिट्ज्च उक्त घटनाअघि डिप्रेसनबाट पनि ग्रस्त थिए।

दुर्घटनाको केही दिनअघि उनले इन्टरनेटमा ‘आत्महत्याका बाटो’ बारे धेरै सोधखोज गरेका थिए। उनले ककपिटको ढोकाको सुरक्षाबारे पनि निकै जानकारी लिएका थिए।

जर्मनीका लुबिट्ज्चले सन् २००८ मा लुफ्थानसा कम्पनीमार्फत् पाइलट ट्रेनिङ गरेका थिए। जर्मनविङ्स एयरलाईनको स्वामित्व यही कम्पनीको नाममा छ। सन् २००९ मा उनले मनोरोग देखिएपनि उपचारका लागि केही समय टे«निङ छाडेका थिए।

तर ठिक भएपछि उनी फेरि टे«निङमा आबद्ध भए। उनले सन् २०१२ मा आफ्नो पाइलट लाइसेन्स लिएका थिए। सन् २०१३ बाट जर्मनविङ्समा काम गर्न थाले।

अनुसन्धानकर्ताहरुका अनुसार दुर्घटना हुनभन्दा केही महिनाअघि पहिचान हुन नसकेको मानसिक समस्या लिएर यी पाइलट डाक्टरलाई भेट्न पुगेका थिए।

उनले धेरैपटक कामका लागि आफू फिट नरहेको पनि नोट गरेका थिए। तर उक्त सूचना जहाज कम्पनीलाई दिएनन्। पाइलटले आत्महत्याका लागि यसरी विमान प्रयोग गरेका उदाहरण निकै कम छन्।

न्यूयोर्क टाइम्सले प्रकाशित गरेकोे अमेरिकी संघीय उड्ययन प्रशासनको अध्ययनअनुसार सन् २००३ देखि सन् २०१२ सम्म (एफएए) मा दर्ता भएका २ हजार ७ सय ५८ विमान दुर्घटनामध्ये ८ जनाले मात्रै आत्महत्या गरेका थिए।एजेन्सी

तस्वीरमा दुर्घटनाग्रस्त जर्मन एयरलाईनरको विमान। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्