जनताको अटेरीपन : ‘लकडाउन्’ नटेरेपछि ‘कर्फ्यु’



११ चैत्र २०७६, काठमाडौं

बाँके प्रशासनले आजदेखि जनता कर्फ्यु लगाएको छ।

आइतबारदेखि लकडाउन् गरिँदा स्थानीयले अटेर गरेपछि प्रशासनले आजबाट बाँकेमा जनता कर्फ्यु लगाएको हो।

जनताद्धारा आफैमाथि लगाइने नियन्त्रणलाई जनता कर्फ्यु भनिन्छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कोरोनाको संक्रमण फैलन सक्ने भएकाले मानिसको चहलपहललाई न्यून गर्न जनता कर्फ्यु लगाइएको बताए।

उनले यस अवस्थामा आ–अफ्नो घरमा बस्न सबैलाई अनुरोध पनि गरेका छन्। जनता कर्फ्युका समयमा बाहिर निस्किएको भेटिए प्रहरीले कारबाही गर्ने जनाएको छ।

प्रशासनले कर्फ्यु आदेश जारी गरेसँगै नेपालगन्ज सुनसान बनेको छ। प्रहरीहरु सक्रियताका साथ परिचालन भएका छन्।

फाट्टफुट्ट चलेका मोटरसाइकल र पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई गन्तव्यतर्फ पठाइएको छ भने अन्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बजार पूर्ण रुपमा बन्द छ।

तस्वीरमा बाँकेको कर्फ्यु। परिवर्तन खबर।

प्रतिक्रिया दिनुहोस्