कोरोना भाइरसलाई ‘जैविक हतियार’ भन्दै चीनमाथि अमेरिकी वकिलको मुद्दा



११ चैत्र २०७६, काठमाडौं

अमेरिकी वकिल ल्यारी क्लाम्यानले कोभिड १९ (कोरोना भाइरस)सिर्जना गरेको र फैलाएको भन्दै चीनविरुद्ध २० ट्रिलियन अमेरिकी डलरको मुद्दा दायर गरेका छन्।

ल्यारीले ‘फ्रिडम वाच’ र ‘बज फ्रिडम’ले अमेरिकी टेक्ससस्थित जिल्ला अदालतमा यस्तो मुद्दा दर्ता गरेका हुन्।

कोरोना भाइरसलाई चीनले ‘युद्धका लागि जैविक हतियारको रुपमा डिजाइन गरेको’ कानून व्यवसायी ल्यारीको आरोप छ।

यसरी चीनले अमेरिकी कानून, अन्तर्राष्ट्रिय कानून, सन्धि तथा सम्झौताको उल्लंघन गरेको पनि उनको दावी छ।

कोरोना भाइरस पहिलो पटक चीनको वुहानमा भेटिएको थियो। जुन अहिले १ सय ८९ देशमा फैलिसकेको छ।

साथै ३ लाख ३४ हजार संक्रमित छन्। यस्तै १४ हजार ५ सयको ज्यान गइसकेको छ।

वकिल ल्यारीले आफ्नो मुद्दामा चीनले आम जनताको हत्या गर्न प्रभावकारी र विनाशकारी जैवीक हतियार बनाएको उल्लेख छ। एजेन्सी

तस्वीरमा वकिल ल्यारी। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्