१७ सञ्‍चारमाध्यमलाई कारबाही



११ चैत्र २०७६, काठमाडौं

अपुष्ट समाचार प्रवाह गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ सञ्चारमाध्यमलाई कारबाही गरेको छ।

काउन्सिलले जनस्वास्थ्यसम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारबाही गरेको हो।

काउन्सिलले अनलाइन, टिभी र पत्रिका गरी कारबाही गरेको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले बताए।

पत्रकार आचारसंहिताविपरीत ती सामग्री हटाउन निर्देशनसमेत दिएको उनको भनाइ छ।

कारबाहीमा परेका सञ्चारमाध्यमहरुलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधिएको छ।

प्रेस काउन्सिलले कोरोना भाइरस संक्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि ९ बुँदे निर्देशिका समेत जारी गरेको छ।

प्रतिकात्मक तस्वीर।फाइल।

प्रतिक्रिया दिनुहोस्