केकी पनि होम क्वारेन्टाइनमा : चलचित्र हेर्दै, पुस्तक पढ्दै समय बिताउँदै



११ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरस को त्रास बढेका कारण यतिबेला अधिकांश सेलिब्रेटीहरु क्वारेन्टाइनमा बसिरहेका छन् । यस्तै नायिका केकी अधिकारी पनि यतिबेला क्वारेन्टाइनमा छिन् ।

उनी घरबाट बाहिर ननिस्किएको ४ दिन भैसकेको छ । तर उनले आफूलाई घरमा बस्न रमाइलो लागिरहेको बताएकी छिन् । सधैँ व्यस्त हुने भएकाले घरमा फुर्सदले बस्ने समय कहिल्यै पाइदैनथ्यो, अहिले घरमा आराम गरेर बस्न पाउँदा रमाइलो लागिरहेको छ, केकीले बताइन् ।

उनले अहिले घरको सरसफाईको काम आफूले सिध्याएको बताइन् । यस्तै उनले आफ्नो समय चलचित्र हेरेर र पुस्तक पढ्ने गरेर बिताउने गरेको बताइन् । उनले अहिले आफूले दिनमा २ वटा चलचित्र हेर्ने गरेको बताइन् । साथै अभिनय सम्बन्धी पुस्तक पढ्ने गरेको पनि उनले बताइन् ।

उनले अहिले घरमा बस्नु नै कोरोनाबाट बच्ने सबैभन्दा उत्तम उपाय भएकाले सबैजनालाई केही समयसम्म क्वारेन्टाइनमा नै बस्नको लागि अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्