११ चैत्र २०७६, काठमाडौं
‘लकडाउन्’ उल्लंघन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हुलहुज्जत गरेर सडकमा निस्किएका उनीहरुलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले बताए।
माइकिङ गरेर सर्वसाधरणालई घरबाट ननिस्कन आग्रह गरिएको तर त्यसलाई उल्लंघन गरेर निस्किएका ५२ जनालाई पक्राउ गरिएको डीआइजी क्षेत्रको भनाइ छ।
पक्राउ परेका सबैलाई कोरोना संक्रमणको सम्भावित जोखिमबारे सम्झाइ–बुझाइ छाडिएको छ।
अन्य स्थानमा भने नागरिक आफैँ सचेत भएर ‘लकडाउन्’को पालना गरेको प्रहरीले बतायो।
यस्तै तरकारी, खाद्यान्न, पानी दूध, औषधि लगायत अत्यावश्यक लगायतका वस्तु खरिद गर्न जानेलाई परिस्थिरि हेरेर लचकता अपनाइएको पनि उनले बताए।
तस्वीरमा ‘लकडाउन्’मा काठमाडौंमा सडकमा मान्छेहरु। परिवर्तन खबर।