११ चैत्र २०७६, काठमाडौं
मंगलबार (आज) बिहान भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकमा कोरोना नदेखिएको टेकु प्रयोगशाला श्रोतले जनाएको छ।
वीरगञ्जका सन्तोष यादवको ज्यान कोरोनाको कारण नभइ अटो इम्यून डिजिज्को कारणले भएको प्रयोगशाला श्रोतले बतायो।
यादवमा पहिल्यैदेखि नै लुपुस र मिर्गौलाको समस्या रहेको पनि उपचारमा संलग्न चिकित्सकहरुले बताए।
यादवको स्वाब संकलन गरी टेकु ल्याइएको थियो।
गत ९ चैत्रमा उच्च ज्वरो आएपछि यादवलाई भरतपुरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएका थियो।
तस्वीरमा भरतपुरको कोरोना विशेष अस्पताल। परिवर्तन खबर।