अमेरिकामा ‘कोरोना’ : एक नेपालीको मृत्यु



११ चैत्र २०७६, काठमाडौं

अमेरिकामा कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ।

अमेरिकाको न्यूयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताएका छन्।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए। स्थानीय समयानुसार मंगलबार (आज) बिहान मात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि उनमा डाइभिटिज र प्रेसरको समस्या थियो। कोरोनाको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो।

यसअघि बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको थियो।

तस्वीरमा मृतक लिम्बु। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्