भयावह ‘कोरोना’ : १८ हजार ८ सय १० ले ज्यान गुमाए, ४ लाख २१ हजार बढी संक्रमित



१२ चैत्र २०७६ काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ।

यस्तै ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ। संक्रमण फैलिएकामध्ये १ लाख ८ हजार ३ सय ८८ जनाले स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।

चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका १९७ देशमा पुगेको छ। गएको २४ घण्टाभित्र शुरुमा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन।

चीनमा अहिलेसम्म ३ हजार २ सय ७७ ले ज्यान गुमाएका छन् भने ८१ हजार १ सय ७१ जना संक्रमित भएका छन्। जसमध्ये ७१ हजार १ सय ५९ उपचारपछि घर फर्किएका छन्।

बितेको २४ घण्टामा सबैभन्दा बढी संक्रमण अमेरिकामा फैलिएको छ भने सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। इटालीमा ७ सय ४३ को मृत्यु भएको छ।

योसँगै इटालीमा कोरोनाकै कारणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। त्यस्तै अमेरिकामा ६ सय ९८ जनाले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टाको अवधिभित्र ९ हजार ८ सय ७५ मा नयाँ संक्रमण देखिएपछि संक्रमितको संख्या ५३ हजार ६ सय ९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्