१२ चैत्र २०७६, काठमाडौँ
कोरोना भाइरस को त्रास नेपालमा पनि बढेसँगै अहिले सरकारले सबैलाई घरमै बस्नको लागि आग्रह गरेको छ र १ साताका लागि लकडाउन पनि गरेको छ । यस्तै सेलिब्रेटीहरुले पनि घरमा बसेको समयलाई सदुपयोग गर्नको लागि अपिल गरिरहेका छन् ।
नायिका बर्षा सिवाकोटी आफ्नो स्वास्थ्यमा निकै ख्याल गर्ने गर्छिन् । अरुबेला पनि दैनिक जीम जाने र घरमै पनि व्यायाम गर्ने बर्षा अहिले घरमा बसेर पनि दैनिक व्यायाम गर्ने गर्छिन् ।
उनले सबैजनालाई घरमा बसेको समयलाई सदुपयोग गर्न अपिल गरेकी छिन् । साथै एक भिडियो मार्फत कोरोना भाइरसबाट बच्न सबैलाई अनुरोध पनि गरेकी छिन् । बर्षा जस्तै धेरै सेलिब्रेटीहरुले सामाजिक सञ्जालमा कोरोनाबाट बच्न अपिल गरिरहेका छन् ।