प्रियंका-आयुष्मानको पनि कोरोना सचेतना भिडियो (भिडियो सहित)



१२ चैत्र २०७६, काठमाडौँ

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले पनि कोरोना सचेतना भिडियो बनाएका छन् । कोरोनाको त्रास नेपालमा पनि बढेसँगै सेलिब्रेटीहरुले कोरोनाबाट बच्न सन्देश दिइरहेका छन् ।

यसैबिच आयुष्मान र प्रियंकाले पनि कोरोनाबाट बच्न सबैलाई आग्रह गरेका छन् । उनीहरुले बेला बेलामा दैनिक २० सेकेण्डसम्म हात धुन र घरमै बस्न भिडियोमा बताएका छन् ।

उनीहरुले स्यनिटाइजरको प्रयोग गर्ने, हाँछिउँ गर्दा टिस्स्यु प्रयोग गर्ने या त कुहिनोमा गर्ने, मानिसहरु संग एक मिटरको दुरीमा बस्ने, अस्वस्थ महसुस भएमा घरमै सेल्फ आइसोलेसनमा बस्ने, दैनिक कम्तिमा पनि ८ देखि १० ग्लास तातो पानि पिउने, नून पानि या कागती पानिले दिनमा कम्तिमा दुइ पटक कुल्ला गर्ने जस्ता संदेशहरु भिडियो मार्फत दिएका छन् ।

त्यस्तै उनीहरुले हातले आँखा, नाक र मुख नछुने, घरबाहिर ननिस्किने र निस्किनुनै पर्ने भए मास्क लगाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्