रूसमा ७.५ म्याग्निच्यूडको भूकम्प



१२ चैत्र २०७६, काठमाडौं

रूसमा बुधबार (आज)७.५ म्याग्निच्यूडको भूकम्प गएको छ।

रसिया टुडेले दिउँसोको समयमा सुदूरपूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।

सुनामीले अमेरिकाको हवाइ, जापानलगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।एजेन्सी

सांकेतिक तस्वीर। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्