१२ चैत्र २०७६, काठमाडौं
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अमेरिका विश्वको कोरोना महामारीको अर्को इपिसेन्टर बन्नसक्ने बताएको छ ।
संक्रमण निकै तीव्र गतिमा भइरहेको उल्लेख गर्दै डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो । अमेरिकामा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ८०० पुगेको छ भने करिब ५५ हजारलाई संक्रमण भएको छ ।
पहिलो इपिसेन्टर चीन भएपनि अहिलेसम्म धेरै मानिसको मृत्यु भएकाले युरोपको इटाली अर्को इपिसेन्टर बनेको थियो ।
स्वास्थ्य अधिकारीहरुले आगामी सातासम्म अमेरिकाको अवस्था निकै खराब भइसक्ने चेतावनी दिएका छन् ।
न्यूयोर्कका गर्भनर एन्ड्रियु कोमोले राज्यमा संक्रमितको संख्या निकै बढिरहेको बताएका छन् । त्यसमा सबैभन्दा बढी न्युयोर्क र क्यालिफोर्निया बढी संकटमा छन् ।
अमेरिकाका धेरै राज्यहरुले लकडाउन घोषणा गरेका छन् भने अधिकांश राज्यहरुमा घरबाट बाहिर ननिस्किन आदेश जारी गरिएको छ ।
फाइल तस्वीर।