१२ चैत्र २०७६, काठमाडौं
प्रतिनिधि सभाको बैठक २३ चैत्रसम्मको लागि सूचना टाँस गरी स्थगित गरिएकोक छ।
कोभिड १९ (कोरोना भाइरस)को संक्रमण फैलिने डरले मुलुक ‘लकडाउन्’मा रहेकाले आज बोलाइएको बैठक स्थगित गरिएको हो।
बुधबार (आज) संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले एक विज्ञप्ति जारी गर्दै संसदको बैठक स्थगित भएको जानकारी गराएका हुन्।
“बिहीबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोभिड १९ भारइरसको सम्भावित संक्रमणका कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएका कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो।” विज्ञप्तिमा उल्लेख गरिएको छ।
सभाको अर्को बैठक २३ गते आइतबार १ बजे बोलाइएको छ।
तस्वीरमा संसद भवन। फाइल तस्वीर।