मुस्लिम आयोगका अध्यक्ष अन्सारीले कोरोना कोषमा एक महिनाको तलब दिने



१२ चैत्र २०७६, काठमाडौं

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक महिनाको तलब दिने भएका छन्।

कोरोना रोकथाममा थोेरै भए पनि सहयोग पुग्ने विश्वासका साथ आफूले सहयोग गर्न लागेको उनको भनाइ छ।

राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रियसभा सदस्य, सांसद लगायतले यसअघि नै राहत कोषमा सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

यस्तै उद्योगपति, व्यापारी र अन्य विभिन्न व्यक्तिहरुले समेत कोरोनको संक्रमण नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

तस्वीरमा अन्सारी। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्