कोरोना कहर : इटलीमा एकैदिन ६८३ र स्पेनमा ६५६ को मृत्यु



१३ चैत्र २०७६, काठमाडौं

इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ ले ज्यान गुमाइसकेका छन् ।

इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म कूल ७४ हजार ३ सय ८६ संक्रमित छन् जसमध्ये ३ हजार ४ सय ८९ को अवस्था गम्भीर छ । साथै स्पेनमा ७ हजार ४ सय ५७ नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ जसमध्ये ३ हजार १ सय ६६ को अवस्था नाजुक छ ।

यस्तै अमेरिकामा पनि नयाँ संक्रमितको संख्या तीब्र रुपमा बढ्दो छ । यहाा ११ हजार ९४ नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६५ हजार ९ सय ५० पुगेको छ । यमध्ये १ हजार ४ सय ५२ को अवस्था नाजुक छ ।

प्रतिक्रिया दिनुहोस्