१३ चैत्र २०७६, काठमाडौं
लकडाउनको तेस्रो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शहर सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् ।
सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ ।लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् ।
लकडाउनलाई कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।