सामाजिक दुरी कायम गर्न सृष्टिको अपिल



१३ चैत्र २०७६, काठमाडौँ

नायिका सृष्टि श्रेष्ठले पनि कोरोनाबाट सतर्क रहनको लागि सबैलाई आग्रह गरेकी छिन् । उनले कोरोनाबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न अपिल पनि गरेकी छिन् ।

सामाजिक सञ्जालमा आफ्नी साथीसँगको एक तस्बिर पोष्ट गर्दै उनले कोरोनाबाट बच्न सामाजिक दुरी आवश्यक भएको बताएकी छिन् । साथै उनले सरकारले जनताको सुरक्षाको लागि लकडाउन गरेकाले सबैलाई घरमै बस्न पनि उनले आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्