१३ चैत्र २०७६, काठमाडौँ
अभिनेता प्रदिप खड्काले सरकारले लकडाउन जनताको सुरक्षाको लागि गरेको भएकाले यसलाई सबैले साथ दिनको लागि अपिल गरेका छन् ।
कोरोना भाइरसका कारण यतिबेला पुरा विश्व नै त्रासित रहेकाले प्रदिपले हामी पनि सजग रहन आवश्यक भएको बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै प्रदिपले केहीसमयको लागि घरमै बस्न सबैलाई अनुरोध गरेका छन् ।
यतिबेला उनी परिवारसँग समय बिताइरहेका छन् । उनले जनतालाई पनि यो समयमा परिवारसँग समय बिताउन आग्रह गरेका छन् ।