चाउचाउ र पाउरोटीको भरमा ड्युटीमा प्रहरी



१३ चैत्र २०७६, काठमाडौं

सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेको छ । अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय देखिन्छ ।

सबैखाले व्यवस्थापनका लागि सडकमा सुरक्षाकर्मी खटिएका छन् तर सुरक्षाकर्मीका लागि आवश्यक खानपानको प्रबन्ध भने निकै कमजोर छ ।

बन्दको समय र नियमित ड्युटीबाहेक थप समय खटिएका उनीहरुलाई खानपानको समेत राम्रो व्यवस्था भएको छैन । उनीहरु सडकमा नै बसेर  पाउरोटी र चाउचाउ खाएर आफ्नो ड्युटी गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्