‘लकडाउन्’को अवज्ञा गर्नेलाई प्रहरीको चेतावनीः अत्यावश्यक कामबाहेक घरबाहिर निस्किए कडा कारबाही



१३ चैत्र २०७६, काठमाडौं

सर्वसाधारणले ‘लकडाउन्’को अवज्ञा गरेपछि नेपाल प्रहरीले अत्यावश्यक कामबिना घरबाट बाहिर निस्किए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिम हुने भन्दै अत्यावश्यक काम नभए घरमै बस्न आग्रह गरेको छ । नेपाल प्रहरीका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले कामबिना हिँड्डुल गर्नेलाई संक्रामक रोग सार्ने अभियोगमा नियन्त्रण लिने बताए ।

उनले ‘लकडाउन्’को सबैतिरबाट पालना हुँदै गएको पनि बताए । नागरिकले लकडाउनमा त्यतिकै हिँड्न नहुने बुझ्दै गएको उहाँको भनाइ छ । सरकारले मङ्लबारदेखि देशभर ‘लकडाउन्’ गरेको छ ।

कोरोनाको संक्रमित बिरामी फेला परेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेको हो । सरकारले लकडाउनको उल्लङ्घन गरे संक्रामक रोगसम्बन्धिको ऐनअन्तर्गत कारबाही गर्ने जनाएको छ ।

सो ऐन अन्तर्गत ‘लकडाउन्’को उल्लंघन गर्नेलाई ६ महिनासम्म कैद वा एकहजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।

तस्वीरमा ‘लकडाउन्’मा काठमाडौं। तस्वीरः परिवर्तन खबर।

प्रतिक्रिया दिनुहोस्