माधव नेपालको आग्रह : ‘सरकार र विश्व स्वास्थ्य संगठनको निर्णय पालना गरौं’



१३ चैत्र २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को निर्णय सबैले पालना गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन डब्लुएचओको निर्णय एवम् निर्देशनहरूलाई पालना गर्न आग्रह गर्दै घरभित्रै बस्न सुझाव दिएका छन् ।

विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ कोे प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन समेत नेता नेपालको आग्रह छ ।

तस्वीरमा नेता नेपाल। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्